www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन महोत्सव : कालीगण्डकीमा जलयात्रा, बाहुनडाँडाबाट प्याराग्लाइडिङ

पाल्पा ।

पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका अगामी फागुनको २४ गतेदेखि महोत्सव आयोजना गरिने रामपुर नगरपालिकाका नगरप्रमुख अध्यक्ष रमणबहादुर थापाले जानकारी दिए ।

कालीगण्डकी नदीमा जलयात्रा, रामपुर बाहुनडाँडाबाट प्याराग्लाइडिङ, जातजाति तथा रहनसहनमा आधारित विभिन्न सांस्कृतिक झाँकी प्रर्र्दशन महोत्सवमा आकर्षक रहने छ ।

Batas

विभिन्न गाउँपालिकासँग समन्वय गरेर प्रचारप्रसारको काम तीव्र पारिने प्रचारप्रसार समिति संयोजक बुद्धिप्रकाश रेग्मीले जानकारी दिए । पोखराका केही होटल व्यवसायीसँग समन्वय गरी पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पाल्पाको रामपुरसम्म ल्याउने प्रबन्ध मिलाइने समितिले जानकारी दिएको छ ।

जिल्लाको १० वटै स्थानीय तह र नेपाली सेना गोरखदल गणको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विजय दौड पाल्पा २०७६ हुने छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.