www.tandavnews.com
Fact ~ In search of truth

पोखरा रोधि घरको शुभारम्भ साँगीतिक साँझ सुरु

पोखरा
ताण्डव न्युज

पोखरा रोधि घर एण्ड रेस्टुरेन्ट प्रालिको सोमबार देखि शुभारम्भ साँगीतिक साँझ सुरु भएको छ । शुभारम्भ साँगीतिक साँझ माघ ११ गतेसम्म रहनेछ ।

साँझको सोमबार ४ नम्बर प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले उद्घाटन गरे । घिमिरेले दोहोरी साँझमा सभ्य तरिकाबाट सञ्चालन गर्नको लागि सुझाव दिए ।

Batas

शुभारम्भ कार्यक्रमको पहिलो दिन चर्चित गायंक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय द्धितिय उपाध्यक्ष रामजी खाण, गायक घनश्याम रिजाल, गायिका सरस्वती लामिछाने र सिता केसीको प्रस्तुति रहेको थियो ।

६ दिनसम्म चल्ने शुभारम्भ साँझमा हरेक दिन विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति रहने पोखरा रोधि घर एण्ड रेस्टुरेन्ट प्रालिका अध्यक्ष विष्णु सुवेदीले जानकारी दिए ।

पोखरा रोधी घरले उद्घाटनको अवसरमा रोधीमा आउने ग्राहकलाई ६ दिनसम्म १० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ ।साँझ ६ बजेदेखि राती ११ बजेसम्म रोधीबाट साँगीतिक मनोरञ्जन लिन सकिने संचालक सुवेदीले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.