www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ।

पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ ।

सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् । “आज उक्त प्रणालीको प्रभावले पश्चिमी भूभाग सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ”, मौसमविद् बासीले भनिन् ।

Batas

मौसमविद्का अनुसार यस वर्ष मौसमी प्रणालीको प्रभावले केही दिन मौसम खुला हुने र फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्था दोहोरिरहेको छ । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ ।

तराईका भूभागमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको र त्यो अपराह्नपछि विस्तारै हटेर जाने जनाइएको छ । राति देशका पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बुधबार देशभर मौसम सामान्यतया सफा रहने र तराई भूभागमा हुस्सु कायमै रहने बताइएको छ । बिहीबार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव पाँच डिग्री र अधिकतम १७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस तीन दशमलव शून्य डिग्री सेल्सियसमा झरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.