www.tandavnews.com
Fact ~ In search of truth

सिसिटिभी फुटेजमा के छ ? (भिडियो रिपाेर्ट)

रामकृष्ण भन्छन् ‘हातपात गरे’ , मिलन भन्छन् ‘ठग्यो’

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेललाई हातपात गरेको खबर बाहिरियो ।

बक्यौता रकमको विषयलाई लिएर अध्यक्ष गुरुङले पौडेललाई हातपात गरेको बताइएको थियो । पौडेलले जिल्ला प्रहरी कार्यालयमा यसबारे ठाडो उजुरी दिएको समेत बताएका थिए ।

Batas

पौडेलले शुरुमा अभद्र व्यवहार गरेको र पछि धकलेको र ढुंगा ताकेको बताएका थिए । जसको सिसिटिभी फुटेज हामीलाई प्राप्त भएको छ ।

गुरुङले आईतबार भएको घटनाको बारेमा बोल्दै अाज (मंगलबार) देखी लेखनाथको भण्डारढिकमा हुने मुख्यमन्त्री कपको व्यानरको बनाउने मुल्यमा टक्राब भएको बताए । ‘उसलाई पनि लगेर नापेर आयौ, उनले भने, ‘नापेर आईसकेपछि एड्भान्स पनि दियौ २० रुपौयामा बन्छ भने ५० धेरै भो भन्दा नघटेर अहिले कञ्चनमा काम गरिराछौँ ।’

यता पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेलले फ्रेम सहितको व्यानरलाई ५० रुपैयाको स्क्वाएर फिटमा खरिद गरेको बताए । ‘अरु कसैले पनि फ्रेम सहितको २० रुपैयामा बेच्दैन ’ पौडेलले भने । यसबारे भिडियो रिपोर्टमा भने उनी बोल्न चाहेनन् ।

हेर्नुहोस् भिडियो रिपाेर्ट :

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.