www.tandavnews.com
Fact ~ In search of truth

प्रदेशसभाका सेवा सुविधा सामाजिक काममा

पोखरा ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्रदेशसभा सदस्य भएबापत प्राप्त गरेका सम्पूर्ण सेवा सुविधा सामाजिक काममा खर्चिएका छन् ।

उनले आज पोखरामा पत्रकार सम्मलेन गरी निर्वाचनका समयमा आफूले निर्वाचित भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने प्रतिबद्धता व्यक्त गरेअनुरुप यस वर्ष पनि विभिन्न सामाजिक कार्यमा सेवा सुविधाबापतको रकम खर्च गरेको जानकारी दिए ।

Lama collectio News Middle

२०७५ फागुन १ गतेदेखि २०७६ पुस मसान्तसम्म प्रदेशसभाका बैठक भत्ता, मासिक पारिश्रमिक एवं अन्य सुविधाबापत प्रदेशसभाबाट छ लाख १० हजार ६२९ बैंक खातामा जम्मा भएको जानकारी दिँदै उनले उक्त रकममा केही थप गरी रु नौ लाख तीन हजार ७०१ सामाजिक काममा खर्च गरेको जानकारी दिए ।

विभिन्न सामुदायिक भवन निर्माण, खेलकूद, सडकलगायतका पूर्वाधार विकास एवं सामाजिक क्षेत्रमा क्रियाशील सङ्घ संस्थालाई उक्त रकम प्रदान गरेको उनले बताए । गण्डकी प्रदेशमा जिम्मेवार प्रतिपक्षका रुपमा सरकारका राम्रा कामलाई सहयोग गर्दै आए पनि आफूहरूप्रति सरकारले निषेधको राजनीति गरेको उनको आरोप छ ।

प्रतिपक्षी दलका सांसदले राखेका जायज माग सरकारले सुन्न नचाहने गरेको बताउँदै प्रदेशसभा सदस्य थापाले आफू निर्वाचित भएको क्षेत्रमा सरकारले विकास निर्माणमा विभेद गरेको उल्लेख गरे । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फको बजेटलाई आफूले निकै सुझबुझ तथा समानुपातिक ढङ्गबाट सबैको उपस्थितिमा विनियोजन गरेको पनि उनले बताए। रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery