www.tandavnews.com
Fact ~ In search of truth

झापड स्वीकारोक्ती : ‘मलाई त मज्जा लाग्छ, झापडै हान्ने हो’

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङले ‘झापड’ हानेको स्विकारेका छन् । मनाङका खेलाडीहरुलाई बस्ने ठाउँ नदिएको भन्दै उनले अखिल नेपाल फुटबल संघ कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको स्वीकारेका हुन् ।

‘मेन त उसैलाई (कर्मा छिरिङ)लाई नै खोज्या हो । अहिले रिस मर्यो । भगवान कस्सम, कर्मा छिरिङलाई खोज्या हो, अब मान्छे छैन त्यो । यो आएर मरेछ ।’

Batas

उनले पुर्व प्रधानमन्त्रीलाई चप्पलले हानेको घटना सुनाउँदै आफुले ठिक गरेको दाबी गरे । ‘मलाई त ठिकै लाग्यो । जाहेरी दिएपनि देओस् न त, म पनि दिन्छु नि यस्तो ५० वटा जाहेरी । के ठूलो कुरो भयो ’ उनले सुनाए ।

कानुन अनुसार जाँदा हुन्थ्यो होला नी ? भन्ने प्रश्नमा गुरुङले भने ‘म चैं अल्ली रावणतिरको परेँ । मलाई त मज्जा लाग्छ, झपडै हान्ने हो ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.