www.tandavnews.com
Fact ~ In search of truth

नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव हुने

बेनी । 

नेपाल भ्रमण वर्र्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेँसीगाउँमा पर्यटन महोत्सवसँगै अध्यक्ष कप खेलकूद प्रतियोगिता सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविर, रुप्से झरना, अन्धगल्छी, बाजा बजाउने ढुङ्गा, खोप्रा, तातोपानीलगायत गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो । गाउँपालिकाले पर्यटन विकासको लागि पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यलाई सँगसँगै अघि बढाएको अध्यक्ष पुनले जानकारी दिए ।

Batas

सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रचारप्रसार र सञ्चालनका लागि नारच्याङमा पर्यटन महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नारच्याङदेखि विश्वकौ दशाँै र नेपालको नवौँ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग निर्माण भएको छ ।

स्थानीय अन्नपूर्ण युवा क्लबको समन्वयमा महोत्सवस्थलमा पूर्वाधार निर्माण शुरु भएको छ । महोत्सवसँगै वडास्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामूहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको खेलकूद तथा सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिए ।

ती सबै प्रतियोगितामा गाउपालिकाका आठवटै वडाको सहभागिता हुने भएको छ । पुरुष भलिबल र बास्केटबलमा विजेता र उपविजेतालाई ट्रफी, प्रमाणपत्र र मेडलसहित रु ७५ हजार र रु ५० हजार पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी महिला भलिबलको विजेता र उपविजेतालाई ट्रफी, प्रमाणपत्र र मेडलसहित रु ६० हजार र रु ४० हजार तथा प्रौढ भलिबलको विजेता उपविजेतालाई रु ३५ हजार र रु २५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

सामूहिक नृत्य प्रतियोगिताको विजेतालाई २० र उपविजेतालाई रु १८ हजार तथा एकल नृत्यमा विजेतालाई रु १० हजार र उपविजेतालाई रु छ हजार पुरस्कार दिइने आर्थिक संयोजक आत्मा तुलाचनले जानकारी दिनुभयो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.