www.tandavnews.com
Fact ~ In search of truth

दफा ११८ : झापड हान्ने सांसद ‘दीपक मनाङ्गे’ पक्राउ

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । बुधबार मनाङ्गे विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी परेको थियो ।

मनाङ्गेले अखिल नेपाल फुटबल संघ एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई मंगलबार मुख्यमन्त्री कपको शुभारम्भ कार्यक्रममा झापड हानेका थिए । झापड खाएका गुरुङको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कास्कीले आज पक्राउ पुर्जी जारी गरेको थियो ।

Batas

गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी निवेदन दिएका थिए । पक्राउ पुर्जी जारी भएलगत्तै लेकसाइडस्थित होटल प्याराडाइजबाट मनाङेलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए ।

मनाङ्गेले झापड हानेको पत्रकार सम्मेलन नै गरेर स्वीकारीसकेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.