www.tandavnews.com
Fact ~ In search of truth

स्यावास ! कास्की प्रहरी : सांसद ‘मनाङ्गे’को त्यो दोस्रो गल्ती…

पोखरा
ताण्डव न्यूज ।

कानुन भन्दा माथी कोही हुदैँन । न त कानुन बनाउने, न त कानुन लेख्ने । कानुनलाई नै आफ्नो हातमा लिएर बोल्ने गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई कास्की प्रहरीले आज पक्राउ ग¥यो ।

सांसद मनाङ्गेले मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै तथानाम गाली गर्दै अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथी हातपात गरेका थिए । उनी विरुद्ध अध्यक्ष गुरुङले कास्की प्रहरीकहाँ उजुरी दिए ।

Batas

उजुरीले मात्र सांसद मनाङ्गेलाई कानुनी कठघरामा ल्याउन सम्भव थिएन् । कि जिल्ला अदालत या जिल्ला प्रशासन कार्यालयबाट इजाजत अर्थात पक्राउ पुर्जी लिनुपर्ने हुन्थ्यो । विगतको नजिर हेर्न हो भने पक्राउ पुर्जी जारी गर्दा समेत आरोपी शक्तिशाली हुँदा खुलेआम हिडेको पाइन्छ ।

सांसद मनाङ्गेको विगत हेर्दा, उनी पनि त्यस्तै एक उदाहरणको पात्र हुन्छन् कि भनेर सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए । कास्की प्रहरीको त्यो हिम्मतले, गलत नजिर बस्नबाट जोगियो ।

सांसद मनाङ्गेले आफ्नो पदको गरिमा विर्सिदै अध्यक्ष गुरुङलाई कुटपिट गरे । अध्यक्ष गुरुङ पनि त्यस्तै स्वभावको हुनाले धेरैले घटनालाई सामान्य लिए । सांसद मनाङ्गेले पत्रकार सम्मेलनको आयोजना गरेर शब्द मार्फत कानुनमाथीनै धावा बोले, जुन कुरा उनलाई महंगो प¥यो । तपाईले कानुन हातमा लिन मिल्छ ? प्रहरी प्रसाशान छैनन् ? भन्ने पत्रकारहरुको प्रश्नमा उत्तर दिदै सांसद मनाङ्गेले भने, ‘प्रहरीले के गर्छ ? अझैसम्म के ग¥यो, गलत गर्नेलाई झापड लगाउने हो ।’

माननीय पद पाएर पनि चाल नपाउँदा यस्तो परिणाम भएको एक प्रहरी अधिकृतले बताए । ‘कसैले गल्ती गर्छ भने कानुनी बाटोबाट कारवाही हुन्छ, कानुन विपरित गएर कुटपिट गर्न मिल्दैन्,’ अधिकृतले भने, ‘मनाङगेले त उल्टो गल्ती गरेर पत्रकार सम्मेलनमै कुटेको हो कुट्नु पर्छ भन्ने ।’

कानुनी दायरामा ल्याउनुनै ठुलो कुरा रहेको एक नेताले बताए । ‘गल्ती गर्ने अनि कानुन नमान्ने गर्दा समाजमा सन्देश नराम्रो जान्थ्यो,’ उनले भने, ‘मनाङ्गेलाई पक्राउ गरेर कास्की प्रहरी राम्रो काम ग¥यो । अब कारवाही के हुन्छ या अदालतले के गर्छ भन्ने दोस्रो कुरा हो तर पक्राउ गर्दा राम्रो नजिर बस्यो ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.