www.tandavnews.com
Fact ~ In search of truth

फागुन ५ देखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास

काठमाडौं ।

नेपाली र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास हुने भएको छ ।

नेपाल आर्मीे स्रोतको अनुसार नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना संयुक्त अभ्यास हुने छ ।काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा हुने अभ्यास आगामी फागुन ५ गते देखि सुरु हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेको उद्धार र सहरी विद्रोह नियन्त्रणबारे हुने संयुक्त सैन्य अभ्यास चैत ६ गते सकिने स्रोतले जनाएको छ ।संयुक्त अभ्यासमा ३६ नेपाली सेना र ९ अमेरिकी सेना सहभागी हुने बताइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.