www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

समृद्धिका लागि लगानी आवश्यकः अध्यक्ष तिमिल्सिना

hima aus

पर्वत ।

classic tech

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गरेका छन् ।

पर्वत उद्योग वाणिज्य संघको आयोजनामा हिजो (बिहीबार)बाट शुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उनले आर्थिक समृद्धि हासिल गर्न लगानी बढाउनुपर्ने बताए ।

‘सबै लगानी राज्यले गर्ने होइन, उद्यमीले पनि आफूसँग जे छ यसलाई बैंकमा धितो राखेर पैसा निकाल्नुपर्छ, यसलाई नै लगानी गर्नुपर्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘उद्यमीहरू बैंकमा धितो राखेर पैसा निकाल्न चहान्छन् भने राज्यले त्यो प्रक्रियालाई सजिलो बनाउछ, सहकार्य गर्छ ।’

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ अध्यक्ष केदारनाथ शर्मा महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै करिब डेढ करोड संकलन हुने लक्ष्य रहेको जानकारी दिए । महोत्सवमा झन्डै २०० प्रदर्शनी कक्ष रहेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...