www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा घट्यो ट्रायल शुल्क

पोखरा ।

गण्डकी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा तिर्नुपर्ने शुल्क घटाइएको छ । यस अगाडि ट्रायल दिन कार प्रयोग गरेवापत ३०० रुपैयाँ शुल्क तिनुपर्नेमा अबदेखि २४ रुपैयाँ मात्रै शुल्क तिरेर प्रयोग गर्न सकिने भएको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकी र सनराइज ड्राइभिङ स्कूलअन्तर्गतको कुसुम सप्लायर्सको सहकार्यमा उक्त रकममा छुट प्रदान गर्न लागिएको हो । यही माघ १५ गतेबाट लागू हुनेगरी सम्झौता भएको सनराइज ड्राइभिङका अध्यक्ष वसन्त भट्टचनले जानकारी दिए ।

Batas

चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला ३०० रुपैयाँ तिर्नुपर्नेमा २४ रुपैयाँ मात्र शुल्क लिन शुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई राहत हुने भट्टचन भनाइ छ ।

ट्रायल दिने क्रममा बसका लागि ७०० रुपैयाँमा लिने गरिएकामा १८९ रुपैयाँ, मिनीबसका लागि पहिला ६०० रुपैयाँ लिने गरिएकामा अब १२४ रुपैयाँ र ट्र्याक्टरका लागि ५०० रुपैयाँ लिने गरिएकामा अब ८९ रुपैयाँ शुल्क लाग्नेछ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र सनराइज ड्राइभिङअन्तर्गतको कुसुम सप्लायर्सबीच गत पुस २३ गते सम्झौता भएको हो । नयाँ शुल्कमा ट्रायलमा उपलब्ध हुने गाडी नयाँ विशेषतासहितका हुने बताइएको छ । यस अगाडि पुराना मोडलका गाडीबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ । युरो मापदण्डका २०१९ मोडलका गाडी ट्रायलमा राखिनेछ ।

पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबीएस एण्ड इबिडी सिस्टम, एयर ब्याग, ८०० सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १८५ सिसी, व्याक सेन्सरलगायतका विशेषता भएका गाडी ट्रायलमा राखिने बताइएको छ ।

यातायात व्यवस्था कार्यालय कास्कीका सूचना अधिकृत भरतराज काफ्ले बोलपत्र आह्वानबाट भएको यस कार्यले सेवाग्राहीलाई राहत हुने बताए । उनले भने ‘पहिला पुराना मोडलका गाडी थिए, अब नयाँ गाडीबाट ट्रायल दिन पाइनेछ साथै ट्रायल शुल्क घटेको छ, यसबाट उपभोक्ता लाभान्वित हुनेछन् ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.