www.tandavnews.com
Fact ~ In search of truth

जाडो लम्बिने सम्भावना

काठमाडौं ।

माघको आधा महिना सकिनै लाग्दा जाडो विस्तारै कम हुनुपर्ने र गर्मी सुरु हुनुपर्नेमा यसपाली भने जाडो बढिरहेको महशुस भईरहेको छ ।

यस वर्ष जाडो लम्बिने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष पानी पार्ने सक्रिय खालको प्रणाली पटकपटक भित्रिरहेकाले अलि लामो समयसम्म जाडो लम्बिने सम्भावना देखिएको महाशाखाले जनाएको हो ।

यस वर्ष ३–४ वर्षयताकै ठूलो हिउँदे वर्षा भएको महाशाखाले बताएको छ ।

Lama collectio News Middle

आजको मौसम

आज अहिले (शनिबार बिहान) तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो लागेको छ भने पूर्वी र पश्चिमी पहाडका केही स्थानमा मौसम आंशिक बदली भएको छ।यसबाहेक अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले बताएको छ ।आज कतै वर्षा तथा हिमपात हुने सम्भावना छैन।

पूर्व र मध्य क्षेत्रका तराईमा लागेको हुस्सु पनि घाम लागेपछि दिउँसोदेखि क्रमशः हट्दै जाने देखिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery