www.tandavnews.com
Fact ~ In search of truth

चीनमा कोरोना भाइरसले लियो ५६ को ज्यान, के हो कोरोना भाइरस ?

काठमाडौं ।

समयसमयमा विभिन्न किसिमका भाइरसको कारण मृत्यु निम्तिइएको समाचार प्रकाशनमा आइरहेको हुन्छ । कहिले इबोला भाइरस त कहिले जिका भाइरसले त्रास फैलाइरहेको बेला फेरि नयाँ भाइरसको प्रवेशले चीन यतिबेला भयभीत बनेको छ ।

चीनमा भेटिएको कोरोना भाइरसका कारण ज्यान जानेको संख्या दिनदिनै बढिरहेको छ । कोरोना भाइरसबाट चीनमा मात्रै मृत्यु हुनेको संख्या हाल सम्म ५६ पुगेको छ। भाइरसबाट १ हजार ९७५ जना संक्रमित भएका छन्।

Batas

भाइरसको संक्रमण बढ्दै गएपछि चीनमा ठूलो संख्यामा यातायातका साधनमा रोक लगाइएको छ भने १३ सहर ठप्प छन्।

के हो कोरोना भाइरस ?

यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो। तर नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ चीनमा । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ। यसको बारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन ।

कारण 

अनुमान गरिए अनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि यही जनावर भनेर पत्ता लागिसकेको छैन। अरु भाइरसमा यही जनावरबाट सर्छ भनेर भन्ने गरेका छौँ तर यो नयाँ भएकाले भन्न सकिन्न।

यस्ता लक्षण देखा पर्छन्

कोरोना भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.