www.tandavnews.com
Fact ~ In search of truth

अलौकिक वस्तुको लोभ देखाई ५० लाख लुट्ने ६ लुटेरा पक्राउ

काठमाडौं।

विभिन्न प्रलोभन देखाएर पैसा लुट्ने ६ डाका पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, बनझाँक्रिको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन र डलर लगायतका चिजवस्तुहरु आफुसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाट गर्ने ६ जनालाई प्रहरी पक्राउ गरेको हो।

Batas

पक्राउ पर्नेमा दाङको पुरन्धारा ९ का स्थानीय बेद बहादुर भनिने भिमबहादुर घर्तीमगर, नुवाकोटको दुप्चेश्वर ७ का नकुर तामाङ र रसुवाको आमाछोदिङ ५ का दावा छिरिङ तामाङ रहेका छन्। त्यसैगरी रामेछापको मन्थली ९ का कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगयाका २ का तेन्जिङ बहादुर तामाङ र सोही ठाउँका संजित वाईवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महानगरिय अपराध महाशाखाको अनुसार उनीहरुले पीडितलाई धारिलो हतियार खुकुरी देखाएर आँखामा खुर्सानीको धुलो छर्की लुटपाटमा गर्ने गरेका थिए।

लुटेराले बल्ने ढुंगा छ भनि ५० लाख लुटेका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.