www.tandavnews.com
Fact ~ In search of truth

माउण्ट अन्नपूर्ण स्कूलद्धारा बृहत शैक्षिक प्रदर्शनी

पोखरा।

माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बृहत शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित उक्त प्रदर्शनीमा विद्यार्थीहरुद्घारा तयार पारिएका करिब ५० ओटा प्रोेजेक्टहरु तथा विभिन्न विषयमा आधारित १०० भन्दा बढी शैक्षिक सामाग्रीहरु प्रदर्शन गरिएको थिए ।

रोवोट, जल–विद्युत उत्पादन, सौर्यशक्तिबाट विद्युत उत्पादन, सौर्य सिंचाई प्रणाली, अक्सिजन तथा हाइड्रोजन ग्यास उत्पादन, ऐतिहासिक मुद्रा तथा परम्परागत हतियारहरुको प्रदर्शनी लगायत National Pyramid Menstruation जस्ता शैक्षिक सामाग्रीहरुको पनि प्रदर्शन भएको थियो ।

विद्यालयका प्राचार्य प्रदिप कुमार लम्साल र निर्देशक अशोक कुमार शाही द्घारा संयुक्त रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको तौल, उचाई, रक्तचाप परिक्षण, मोटोपना चेकजाँच, Body Mass Index परामर्श सेवा सहित Hypertension & obesity, Screening & Counseling सेवा पनि उपलब्ध गराइएको थियो ।

जिल्ला स्यास्थ्य कार्यालयका उपसँयोजक तथा LA GRANDEE International College का BPH Programme Coordinator केशव पराजुली लगायत ७ जना स्वास्थ्य कार्यकर्ताहरुद्धारा  सो सेवा उपलब्ध गराईएको थियो ।

सो कार्यक्रममा उपस्थित भई प्रदर्शनीको अवलोकन गरिसकेपछि प्रतिक्रिया दिँदै अभिभावकहरुले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा , क्षमता तथा सिर्जना अभिवृद्धि गर्न तथा विद्यालयको शैक्षिक प्रगतिमा उक्त कार्यक्रम फलदायी भएको प्रतिक्रिया ब्यक्त गरेका थिए ।

सो प्रदर्शनी कार्यक्रममा शिक्षक सुदिप पौडेलले Travel the Space नामक कार्यक्रमद्घारा अभिभावकहरुलाई अन्तरिक्षमा भएका ग्रहहरु, उपग्रहहरु आदिको Movement तथा Speed को प्रत्यक्षरुपमा अवलोकन गराएका थिए । उक्त कार्यक्रमबाट विद्यार्थीहरुमा अरु सिर्जनशिलताको विकास हुने र शैक्षिक गुणस्तरमा पनि सुधार हुने कुरा कार्यक्रम सँयोजक ध्रुव पोख्रलले जानकारी गराए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.