www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणालाई ‘प्रतिभा वर्ष पुरस्कार’

पोखरा ।

राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित भएका छन् ।

पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उनलाई एक लाख , प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरे।

नेपालमा गत मंसिरमा सम्पन्न सागमा शाहीकै कप्तानीमा नेपाली राष्ट्रिय महिला टोलीले हालसम्मकै ठूलो सफलता रजत पदक जितेको थियो । विद्यालयले हरेक वर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली युवालाई सम्मान गर्दै आएको छ । विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभा वर्ष पुरस्कारबाट वार्षिक रुपमा एक जनालाई एक लाखसहित पुरस्कृत गर्दै आएको छ ।

विद्यालयले ‘प्रतिभा वर्ष पुरस्कार २०७४’बाट क्रिकेटर सन्दीप लामिछाने र गत वर्ष ‘प्रतिभा वर्ष पुरस्कार २०७५’बाट एचआइभी सङ्क्रमित भएर पनि सगरमाथाको सफल आरोहण गर्न सफल गोपाल श्रेष्ठलाई सम्मान गरेको विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालयकी पूर्वछात्रा सुमिना गुरुङलाई ५० हजारसहित सम्मान गरिएको कार्यक्रम संयोजक किरण सापकोटाले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.