www.tandavnews.com
Fact ~ In search of truth

छ देशका राजदूत चितवन राष्ट्रिय निकुञ्ज घुम्दै

चितवन ।

नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । छ देशका राजदूत, युरोपेली संघका प्रतिनिधि, विश्व बैंकका प्रमुखलगायत विशिष्ट व्यक्ति आज चितवन जादैँ छन् ।

वाग्मती प्रदेश र भ्रमण वर्ष प्रदेशस्तरीय प्रवद्र्धन समितिले राजदूत र विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेका हुन्। प्रर्वद्धन समितिका सहसंयोजक अनिल लामाले श्रीलंका, मलेसिया, अष्ट्रेलिया, भारत, रुस र बेलायतका राजदूतलाई यहाँ घुमाइने र पर्यटकीय गतिविधिका बारेमा अवगत गराइने जानकारी दिए ।

उनका अनुसार विशिष्ट पाहुनालाई निकुञ्जभित्र जंगल सफारीसँगै सौराहामा हात्तीको फुटबल, पोलोलगायत गतिविधि तथा रात्रिकालीन भोजसहितको सांस्कृतिक कार्यक्रममा सहभागी गराउन लागिएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार प्रदेश सरकारसँगै जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, सौराहाका मध्यवर्ती सामुदायिक वन तथा होटल र रेष्टुराँको सहयोगमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा २१ देशका राजदूत सहभागी हुने योजना भए पनि प्राविधिक कारणले सबै देशका राजदूत उपस्थित गराउन नसकिएको उनले जानकारी दिए ।

गत साता बेल्जियमकी राजकुमारी एष्ट्रिडले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । भ्रमण वर्षमा विभिन्न देशका राजदूत र विशिष्ट पाहुनालाई भ्रमण गराउन सकेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुने अपेक्षा लिइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.