www.tandavnews.com
Fact ~ In search of truth

परिवारको समन्वयमा गायिका आस्था राउतद्धारा आत्मसमर्पण

काठमाडौं ।

विवादमा तानिएकी पप गायिका आस्था राउत प्रहरीमा हाजिर भएकी छिन् ।

एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका राउत आज सोमबार बिहान प्रहरीसमक्ष उपस्थित भएकी हुन् । उनी आफ्ना आफन्तसहित टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएको जनाइएको छ।

Batas

अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।

उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्ने भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.