www.tandavnews.com
Fact ~ In search of truth

आज सुनको मुल्य तोलामा ५०० ले वृद्धि

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ५०० पुगेको छ ।गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ३०० ले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला ७५ हजार २०० मा खरिद बिक्री भएको थियो ।

स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला ५ ले वृद्धि भएको छ । महासंघले चाँदीको मूल्य प्रतितोला ९०० रुपैयाँ निर्धारण गरेको छ । माघमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि गत पुस २३ गते छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० पुगेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.