www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश प्रमुख शेरचनद्वारा सुशासन विधेयकको प्रमाणीकरण

सुशान्त गाहा मगर,

पोखरा/ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले प्रमाणीकरण गरेका छन् ।

गण्डकी प्रदेश सभाबाट पारित गरिएको र सभामुख नेत्रनाथ अधिकारीबाट प्रमाणीत भएको विधेयक आज (सोमबार) शेरचनले आफ्नै निवासमा प्रमाणीकरण गरेका हुन् ।विधेयक प्रमाणीकरण गर्दैे उनले व्याकरण सम्बन्धी कमजोरी देखिएको धारणा राखे ।

प्रमुख शेरचनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.