www.tandavnews.com
Fact ~ In search of truth

आज(मंगलबार)देखि बिहीबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।

अबको तीन दिन वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ ।

नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गरेकोले आज(मंगलबार) देखि पर्सि (बिहीबार)सम्म देशका अधिकांश भेगमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ । पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली सोमबार भित्रिएको जनाइएको छ ।

Batas

अब बिहीबारसम्म पश्चिमदेखि पूर्वसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाको अनुसार आज दिउँसो पश्चिमी भेगका केही स्थान, मध्य र पूर्वी क्षेत्रका १-२ ठाउँमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान, पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

यस्तै राति पनि पश्चिमी भूभागका केही स्थान र मध्य तथ पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १४ गते (मंगलबार)

दिउँसो :देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पश्चिमी भू–भागका केही स्थान र मध्य तथ पूर्वी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

राति :देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्‍म हिमपातको सम्भावना छ।

माघ १५ गते (बुधबार)

दिउँसो :देशभर सामान्य बदली रहनेछ। पश्चिमी र मध्य भू(भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

राति :देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भू–भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

माघ १६ गते (बिहीबार)
दिउँसो :देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू(भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू–भागका थोरै स्थान र पश्चिमी भू–भागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ।

राति :देशको पूर्वी भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.