www.tandavnews.com
Fact ~ In search of truth

४ हजार धरौटीमा गायिका राउत रिहा

काठमाडौं ।

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी चर्चित गायिका आस्था राउत धरौटीमा छुटेकी छिन् ।

हिजो प्रहरी समक्ष आत्मसर्पण गरेकी राउतमाथि अनुसन्धानको लागि ४ दिनको समय दिएकोमा चौतर्फी विरोध पछि राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको हो ।

Batas

राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाडिएको जनाइएको छ ।राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो ।प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय प्रशासनसँग मागेको थियो ।तर, सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय मात्र दिएको थियो । यद्यपि, चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर गरिएको थियो ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो ।

रिहा भएपछि गायिका आस्था राउतले प्रहरीको प्रशंसा गरेकी छन् । हिरासतमा आफूलाई प्रहरीले सहज र राम्रो व्यवहार गरेको उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिएकी छिन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.