www.tandavnews.com
Fact ~ In search of truth

मिलनको मैमत्तापन ! दफा १७ बमोजिम एन्फाबाट निलम्बन गर्न अख्तियारमा उजुरी

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

अखिल नेपाल राष्ट्रिय फुटबल संघ एन्फा कास्की अध्यक्ष मिलन गुरुङ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा उजुरी परेको छ । उजुरीकर्ताले एन्फा अध्यक्ष गुरुङले आर्थिक अपचलन गरेको बताउँदै पदबाट निलम्बन हुने गरि हदैसम्मको कारवाही गर्न माग गरेकाे स्रोतले बतायाे ।

उजुरी पत्रमा भनिएको छ ‘ सार्वजनिक पद धारण गरेको संस्थाको अध्यक्ष मिलन गुरुङका हालसम्मको काम कारवाही र गतिविधि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ ले परिभाष गरेको दफा २(घ) अन्तर्गतको व्यक्तिले दफा २(ङ)मा उल्लेखित सार्वजनिक संस्था अन्तर्गत कास्की जिल्ला फुटबल संघका अध्यक्ष श्री मिलन गुरुङले ऐ.ऐनको दफा ३ बमोजिम अनुचित कार्य गरि दफा २को (ज) बमोजिम भ्ष्टाचार गरेको हुँदा आवश्यक अनुसन्धान तथा तहकिकात गरि ऐ.ऐनको दफा १७ बमोजिम निलम्बन हुने गरि हदैसम्मको कारवाही गरि पाउँ भनि यो उजुरी गर्दछौं ।’

Batas

उजुरी कर्ताले मनाकामना कपमा भएको आय व्यय विवरण सार्वजनिक नगरेको, ब्यक्तिको खाताबाट संघको कारोवार गरेको, पुरस्कार नबुझाएको, पुरस्कार रकमको टिडिएस नतिरेको, बालकहरुको प्रशिक्षणमा प्रति बालक रु १ हजार मासिक रुपमा उठाएकोमा त्यसको हिसाब किताब नराखेको र केन्द्रबाट आएको मालसामानको लगत नराखी आफखुशी गरेकाे उल्लेख गरेका छन् ।

अध्यक्ष गुरुङ अहिले कास्की प्रहरी हिरासतमा छन् । उनलाई बैंकिङ कसुरको उजुरीको आधारमा कास्की प्रहरीले मा १० गते शुक्रबार पक्राउ गरेर म्याद थप गरेको थियो । अध्यक्ष गुरुङ पक्राउ परेपछि आर्थिक कारोवारका विषयमा पिडितहरु आउन थालेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

एन्फा कास्की अध्यक्ष मिलन गुरुङ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेको उजुरी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.