www.tandavnews.com
Fact ~ In search of truth

घुससहित चितवन राजश्वका कर्मचारी पक्राउ

चितवन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम १० हजारसहित मंगलबार पक्राउ गरेको हो ।

आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिए । अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ । रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.