www.tandavnews.com
Fact ~ In search of truth

बागलुङको कपास उद्योगमा आगलागी, २० लाखको क्षति

बागलुङ ।

बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा हिजो(मंगलबार) आगलागी भएको छ ।

आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखिएको ध१प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ ।

Batas

आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिए । आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । कपास उद्योग गलकोट नगरपालिका–६ का शिव आचार्यले सञ्चालन गरेका हुन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.