www.tandavnews.com
Fact ~ In search of truth

चितवनःदुई हजार आठ सय विद्यार्थीलाई नगरपालिकाको स्वीटर

चितवन ।

राप्ती नगरपालिकाले पहाडी क्षेत्रमा बसोबास गर्ने २० विद्यालयका दुई हजार ८०० बालबालिकालाई स्वीटर वितरण गरेको छ ।

नगरपालिकाको वडा नं १०, ११, १२ र १३ का विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो । नगर प्रमुख प्रभा बरालका अनुसार नगरपालिकाले बजेट विनियोजन गरी रु आठ लाख ६७ हजारको स्वीटर खरिद गरी वितरण गरेको हो ।

Batas

सो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी चेपाङ समुदाय बसोबास गर्दछन् । विगत वर्षमा ती विद्यार्थीलाई देखाएर आर्थिक संकलन गरी केही रकमको स्वीटर किनेर दिए पनि सबैले पाउन सकेका थिएनन् ।

प्रमुख बरालले यिनै विद्यार्थीलाई देखाएर आर्थिक चलखेल र दरिद्र बनाउने गरेपछि आफूले कसैलाई पनि स्वीटर बाँड्न नदिएर नगरपालिकाले नै स्वीटर दिएको बताए।सो क्षेत्र जिल्लाको पहाडी ग्रामीण क्षेत्र हो ।

पहिले पहिले नयाँ मान्छे स्कूल क्षेत्रमा पुगेपछि विद्यार्थी भाग्ने गर्दथे तर पछिल्ला वर्षहरुमा विकास हुँदै गएपछि स्थानीयको जीवनस्तरमा सुधार हुँदै आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.