www.tandavnews.com
Fact ~ In search of truth

तातोपानी नाका हुदैँ आउने पर्यटकलाई १५ दिन नेपाल प्रवेशमा रोक

काठमाडौं ।

 

चीनमा त्रास फैलाएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि परेपछि देशका नाकाबाट पर्यटकको आवागमन बन्द गरिएको छ ।

चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भन्दै रसुवागढी र तातोपानी नाकाबाट प्रवेश गर्ने पर्यटकको आवागमन १५ दिनका लागि बन्द गरिएको जनाइएको छ ।

Batas

चीनमा र नेपाल दवै देशको सहमतिमा १५ दिन पर्यटक आवातजावत रोकिने भएको बताइएको छ । चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५ हजार भन्दा बढीमा स‌ंक्रमण भएको छ ।

कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भएको कारण चीनबाट नेपाल आउने पर्यटकलाई प्रवेशमा रोक लगाइएको हो । यसअघि सरकारले प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’ को व्यवस्था मिलाइसकेको छ ।

चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण नेपालसहित ११ देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले जनाएको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.