www.tandavnews.com
Fact ~ In search of truth

हिमाली साँस्कृतिक परिवारको २३ औं वार्षिकोत्सव

कास्कीको पाङ्दुरमा साँस्कृतिक ग्राम बन्छ : अर्थमन्त्री गुरुङ

प्रतिक्षा बास्तोला/विद्यार्थी पत्रकार

ताण्डव न्यूज/पोखरा ।

हिमाली साँस्कृतिक परिवारले आफ्नो २३ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

Batas

पोखरा महानगरपालिका ४ गैह्रापाटनमा आज (बुधबार) एक औपचारिक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभकामना व्यक्त गरे । उनले नेपाली मौलिक तथा लोक संस्कृतिको जगेर्ना गर्न हिमाली साँस्कृतिक परिवारको ठुलो भुमिका रहेको धारणा राखे ।

उनले कास्कीको ढिकुरपोखरीमा कला संस्कृति झल्कने खालका सांस्कृतिक ग्राम पाङ्दुरमा निर्माण गर्न प्रदेश सरकार लागेको उल्लेख गरे । उनले सबै समुदायको कला तथा संस्कृति झल्किने गरी उक्त ग्रामको निर्माण हुने बताउदै निर्माण प्रक्रिया थालिने बताए । उनले कला संस्कृतिको क्षेत्रमा काम गर्ने संस्थाहरुले संस्कृति संरक्षण र प्रर्वद्धन गर्न हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रमका बिच परिवारले सञ्चालन गर्दै आएको रुद्र बहादुर थापा स्मृति पुरस्कारबाट संगित तथा साहित्य क्षेत्रमा विशेष योगदान दिएको भन्दै चिज कुमारी गुरुङ र साहित्यकार तिर्थ श्रेष्ठलाई सम्मान गरिएको परिवारका अध्यक्ष मिनकाजी गुरुङले बताए । गुरुङका अनुसार चिजकुमारीलाई नगद १० हजार ले पुरस्कृत गरिएको थियो ।

त्यस्तै परिवारका नृत्य सहसंयोजक युवराज गुरुङ र कार्यसमिति सदस्य नितु गुरुङ ‘ए’ लाई संस्था प्रति विशेष योगदान पुर्याएको भन्दै सो सम्मान गरिएको गुरुङले बताए । उनका अनुसार परिवारको अक्षयकोष स्थापनार्थ सहयोग गर्ने विभिन्न व्यक्तित्वहरु, परिवारको मानार्थ सदस्य प्राप्त गरेका अशोक पालिखे लगायतलाई समेत सम्मान गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा नेपाली लोक संस्कृति झल्कने विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.