www.tandavnews.com
Fact ~ In search of truth

रुपन्देहीः कोठाभित्र राखेको बोराको चाङले च्यापिदाँ एकै परिवारका चारको मृत्यु

रुपन्देही ।

रुपन्देहीमा कवाडी सामान संकलन गरि थुपारेको बोराले च्यापिदाँ चार जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अनुसार कोठाभित्र थुपारेको बोराको चाङ खस्दा च्यापिएर एकै परिवारका चार जनाको ज्यान गएको हो।

बोराको थुप्रोले च्याप्दा भारत बिहारका ३० वर्षिय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षिया सद्धव खातुन, ६ वर्षिय छोरा सुल्तान रजा र २ बर्षिय छोरी सहिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिएका छन्।

Batas

सटरभित्र तीनतर्फका भित्तामा बोराको चाङ लगाई र बीचको साँघुरो ठाउँमा सुतेका उनीहरु माथि बोरा खसेर थिच्दा सास फेर्न नसकेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरु आज(बिहीबार) बिहान मृत फेला परेका थिए।

हुसेन परिवारले कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्रि बितरण गर्दै आएको प्रहरीले बताएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.