www.tandavnews.com
Fact ~ In search of truth

नेविसंघ अध्यक्षमा सुनसरीका राजीव ढुंगाना

काठमाडौं ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्षमा सुनसरीका राजीव ढुंगाना मनोनीत भएका छन् ।

काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आज रिक्त ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरेका हो । पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुंगानालाई मनोनीत गरेका हुन् ।

Batas

विसं २०४६ मा नेविसंघको जिल्ला सदस्यबाट नेविसंघको राजनीति शुरु गरेका ढुंगानाले यसअघि नेविसंघ केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

तदर्थ समितिका महामन्त्रीमा काठमाडौँका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवर रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र नेविसंघको आगामी १२ औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् भने यसअघि कायम रहेको नेविसंघ केन्द्रीय कार्यसमिति विघटन भएको मिति २०७५ साल माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसंघको आगामी १२ औँ अधिवेशनमा भाग लिन पाउने छन् ।

नेविसंघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यको मनोनयन यथाशीघ्र गरिने पार्टी कार्यालयले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.