www.tandavnews.com
Fact ~ In search of truth

‘कमाउ धन्दा’ ढाकछोप गर्न ग्रुप गुहार्दै मिसेल

ताण्डव न्यूज,
पोखरा ।

कानुन विपरित ‘कमाउ धन्दा’ चलाएको आरोप लागेकी लर्निङ हाउसकी सञ्चालिका अमेरिकी नागरिक मिसेल अलेग्जेंद्रा विल्सले आफ्नो बचाउ गर्न विभिन्न व्यक्ति तथा संघ संस्थासँग गुहार मागेकी छिन् ।

बिजनेस भिषामा पोखरा बस्दै आएकी मिसेल विरुद्ध सबै निकायमा उजुरी परेपछि उनले आफ्नो बचाउ गर्न टोली तयार पार्दै छिन् । पोखराको बेइज्जत हुने गरि अशिक्षा, गरिबी, स्वास्थ्यमा हुदैँ नभएको गलत जानकारी सहितको तस्वीर बेचेर ‘कमाउ धन्दा’ चलाएको उनकै व्यक्तिगत वेबसाइडमा हालेको प्रमाण सार्वजनिक भएको छ । उनले गरेको गैरकानुनी कामको विरुद्धमा स्थानीय तथा राष्ट्रिय मिडियाले समेत समाचार प्रकाशन प्रशारण गर्दा समेत कारवाही नहुदा सम्बन्धित निकाय प्रति शंका उत्पन्न भएको छ ।

Batas

मिसेलले ‘कमाउ धन्दा’ चलाउन कानुन विपरित पार्टीहरु पनि गर्ने गरेको सार्वजनिक भएको छ । ‘वुमेन्स ओन्ली’ च्याट ग्रुपलाई प्रयोग गरेर उनले आफ्नो कार्यक्रमको टिकट वेच्ने काम गरेको प्रष्ट हुन्छ । उनले त्यो पार्टी सम्बन्ध विस्तार गर्न आयोजना गर्थिन् । मिसेलको ‘कमाउ धन्दा’ काण्ड बाहिर आएपछि धेरै जना सेक्रेट ग्रुप छोडेका (लिभ भएका) छन् । तर अहिले आफ्नो गल्ती ढाकछोप गर्न मिसेलले त्यही ग्रुपका केही आफ्नो पक्षमा रहेका मान्छेलाई उचालेर प्रहरी कार्यालय लगेर मिडिया र उजुरी दिने व्यक्ति विरुद्ध लागि परेकी छिन् ।

त्यति मात्र होइन मिसेलले पोखराका केही मिडिया विरुद्ध नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघ कास्कीमा निवेदन दिएकी थिइन् । जुन निवेदन देखेर नाम किटान गरिएको मिडियालाई बोलाउनुको औचित्य नरहेको भन्दै पत्रकार महासंघले निवेदन यतिकै राख्यो । खण्डन गर्न पर्ने कुनै ठाँउ थिएन् । मिसेलले गरेको गलत काण्डको पर्दा फास गर्ने मिडियालाई साइबर क्राइम मुद्धा लगाउने भनेर एसएमएस समेत पठाएको प्रमाण ताण्डव न्युजसँग छ । जुन व्यक्तिले मिसेलविरुद्ध उजुरी दियो उसैलाई फसाउन यौन दुव्यर्वहारको मुद्दा चलाउन सबै निकाय धाइन् । तर करिब एक बर्ष अघिको च्याट देखाएर त्यो मुद्दा नलाग्ने भएपछि अहिले मिसेलले आफ्नो सहयोगी जुटाउदै कास्की प्रहरी धाउने काम गरेकी छिन् ।

अहिले मिसेलले आफ्नो काण्ड बारे मिडियामा आएको फोटोको विषयलाई लिएर मान्छे उचाल्दै हिडेकी छिन् । मिडियाले त्यही फोटो समाचारमा हाले जुन मिसेलले आफ्नोे संस्था लर्निङ हाउस, आफ्नोे वेबसाइड र ट्विटरमा राखेकी छिन् । कानुन विपरित पार्टी गरेको भनेपछि त्यसको प्रमाण स्वरुप मिडियाले फोटो हाल्यो । कुनै निकायमा जानकारी नगराई अवैध रुपमा चन्दा असुली गरेको भनी मिडियाले दिने र लिनेको प्रमाण देखाउन फोटो प्रयोग गर्‍यो  । अहिले त्यही फोटोको आधारमा केही व्यक्तिहरु प्रहरीकहाँ मिसेललाई सहयोग गर्दै हिडेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका एक अधिकृतका अनुसार मिडियाले प्रमाणको लागि फोटो हाल्नु स्वभाविकै रहेको बताए । ‘चन्दा उठाउनै पाईदैन त्यसैमाथी विजनेस भिषामा आएकी अमेरिकन नागरिकले अवैध रुपमा चन्दा उठाएकी छिन, त्यो बेला विचार नगर्ने अहिले फोटो आयो भनेर रुदै हिड्न मिल्छ ?,’ उनले भने, ‘त्यसैमाथी त्यही अमेरिकन मिसेलले आफैले सामाजिक सञ्जालमा हालेकी छिन् । बरु मिसेललाई हटाउन लगाए त भैहाल्थ्यो नी ।’

मिसेलको अर्को काण्ड : ‘समाज सेवाको नाममा कमाउ धन्दा’

‘मिसेल काण्ड’ अख्तियारमा फाइल

कानुन बर्खिलाप अमेरिकी मिसेलको ‘कमाउने मिसन’ !

मिसेल काण्डः सम्भावित ‘इन्भेस्टिगेसन स्ट्राटेजी’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.