www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं।

नेपाल प्रहरीले दुई किलोग्राम २०० ग्राम कोकीनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा संलग्न बोलिभियन नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरी हिजो (बिहीबार) सार्वजनिक गरेको हो ।

ब्यूरोले लामो समयको सूचना संकलन, विश्लेषण र निगरानीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित रहेको बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट पक्राउ गरेको हो ।

Batas

सुटकेशभित्र फल्स बटम बनाएर लुकाइछिपाइ राखेको अवस्थामा मिगुललाई पक्राउ गरिएको र पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.