www.tandavnews.com
Fact ~ In search of truth

डडेल्धुरामा गाउँपालिका अध्यक्ष अपहरण, खुट्टा भाचिने गरि कुटपिट

डडेल्धुरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । शुक्रबार उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो ।

आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा उनलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ ।आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

Batas

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा भेट्टिएको बताइएको छ । अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक जोशीले जानकारी दिए ।

उनको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ । जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ । नेकपा डडेल्धुराले यस्ता घृणित क्रियाकलापमा संलनलाई यथाशीघ्र खोजी कानूनबमोजिम हदैसम्म कारवाहीको मागसमेत गरेको छ ।

अध्यक्ष जोशीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढी सिफारिश गरिएको थियो । धनगढीमा पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ लगिएको नेकपा डडेल्धुराले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.