www.tandavnews.com
Fact ~ In search of truth

१८ औं आहा ! रारा गोल्डकपको औपचारिक घोषणा, १० टिमको सहभागिता रहने

सरिता जिसी/विद्यार्थी पत्रकार,

ताण्डव न्यूज / पोखरा ।

मोफसलको प्रतिष्ठित प्रतियोगिता १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताबारे औपचारिक घोषणा भएको छ ।

Batas

सहारा क्लब पोखराले आयोजना गर्दै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब स्तरिय गोल्ड कप फुटबल प्रतियोगिता बारे आज (आईतबार) पत्रकार सम्मेलन गर्दै औपचारिक घोषणा गरेको हो ।

क्लबका महासचिव रामजी प्रसाद अधिकारीले अखिल नेपाल फुटबल सँघ (एन्फा) ले तय गरेको मितिमै प्रतियोगिता हुने बताए । अधिकारीको अनुसार उक्त प्रतियोगिता आगामी फागुन २२ देखी चैत्र १ गते सम्म सञ्चालन हुनेछ ।

अधिकारीले पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजन क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब सहित कुल १० टिमको सहभागिता रहने बताए ।

क्लबका अध्यक्ष केशव थापामगरले सहारा एकेडेमी सञ्चालनार्थ उक्त प्रतियोगिता विगद देखी नै सञ्चालन गर्दै आएको बताउदै उक्त एकेडेमीका पछिल्लो समय १५ जिल्लाका २४ बालकहरु आश्रित रहेको बताए ।

प्रतियोगितामा वेष्ट अफ फाईभ, हरेक खेलमा म्यान अफ दि म्याच, सर्वाेत्कृष्ट खेलाडीको लागि पुरस्कारको व्यवस्था रहने जानकारी दिदै बिजेता तथा उपबिजेता टिमलाई प्रदान गरिने नगद पुरस्कारको घोषणा अर्काे पत्रकार सम्मेलन मार्फत  गरिने आयोजकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.