www.tandavnews.com
Fact ~ In search of truth

प्याज पछि उकालो लाग्दै लसुनको मुल्य

काठमाडौं ।

प्याज पछि लसुनको मूल्य दिनदिनै महंगिदैँ गएको छ । दुई हप्ता अघि काठमाटौंको कालिमाटी बजारमा २ सय ४५ रुपैया प्रतिकेजी रहेको लसुनको मुल्य अहिले ५ सय ५० पुगेको जनाइएको छ ।

सुन जस्तै उकालो लाग्न थालेको लसुनको मुल्य आज(आइतबार) अधिकतम् मूल्य ५६० रुपैयाँ नाघेको छ । बजारमा लसुनको खुद्रा मूल्य ६०० माथि पुग्न थालेको छ ।

Batas

बजारमा प्याजको मूल्यले उपभोक्तालाई सताइरहेका बेला लसुनको मुल्यले पनि नयाँ रेकर्ड राखेको छ । चीनबाट हुने आयात प्रभावित भएपछि लसुन महंगिएको हो । अझै एक महिना लसुन महंगिने क्रम जारी रहने संभावना रहेको बताइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.