www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा मेगाको वित्तीय साक्षरता

पोखरा ।

मेगा बैंक नेपाल लिमिटेडले पोखरामा माघ १७ गते शुक्रबार वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा पोखरास्थित मेगा बैंकका ४ वटै शाखाका शाखा प्रबन्धकहरु सदिप ढकाल, सुनील चौलागाईं, श्रीमती सृष्टि ढकाल तथा शान्ति अर्यालले वित्तीय साक्षरता सम्बन्धी जानकारी गराए । सो कार्यक्रममा मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मुलक लगानी, जोखिम न्यूनिकरण लगायत विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा पोखराका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । मेगा बैंक नोपल लि. ले देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आईरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.