www.tandavnews.com
Fact ~ In search of truth

सामुदायिक विद्यालय स्तरिय छात्र/छात्रा भलिबल प्रतियोगिता, बिजेतालाई ५० हजार

लता जोशी/विद्यार्थी पत्रकार

Lama collectio News Middle

ताण्डव न्यूज ।

पोखरामा सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल सँघको आयोजनमा ‘दोस्रो सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरिय छात्र/छात्रा भलिबल प्रतियोगिता’ हुने भएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित पोखरा रंगशालामा आगामी फागुन ६ देखी १० गतेसम्म सञ्चालन हुने आज (आईतबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

उक्त प्रतियोगितामा सामुदायिक विद्यालयको कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने सृजना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराईले बताए ।उनले सो प्रतियोगिताबाट बिजेता बन्ने छात्र/छात्रा टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५० हजार प्रदान गरिने बताए ।

उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३० हजार प्राप्त गर्नेछ । भने तृतीय स्थान हाँसिल गर्ने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार हात पार्नेछ ।

कास्की जिल्ला भलिबल सँघका अध्यक्ष भीम पराजुलीले सो प्रतियोगिताबाट सर्बाेत्कृष्ट बन्ने छात्र तथा छात्रा खेलाडीलाई जनही ५÷५ हजारले पुरस्कृत गर्ने जानकारी दिए । उनले दुवै तर्फ बेस्ट अफ फाईभ घोषित हुने खेलाडीहरुलाई १ थान भलिबल प्रदान गरिने बताए ।

सो प्रतियोगितामा करिब ५० टिमले सहभागिता जनाउने आयोजकले अपेक्षा लिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop