www.tandavnews.com
Fact ~ In search of truth

फागुन १ देखि पुरानो टुँडिखेलमा ‘बृहत लोक साँस्कृतिक महोत्सव’

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको आयोजनामा ‘बृहत लोक साँस्कृतिक महोत्सव हुन लागेको छ । महोत्सव यही आउँदो फागुन १ गतेदेखि ३ गतेसम्म बगर, पुरानो टुँडिखेलमा हुने गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेश भित्रका लोक संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि टेवा पुर्याउने र नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि गीत संगीतको माध्यमद्धारा प्रवद्र्धन गर्ने कार्यक्रमको उद्धेश्य रहेको गुरुङले जानकारी दिए ।

Batas

‘गण्डकी प्रदेश सरकारसँग सहकार्यमा यो महोत्सव हुन लागेको हो । यस प्रदेश भित्रका विभिन्न जातजातिका लोक संस्कृतिलाई प्रर्दशन गरी प्रर्वद्धन गरिनेछ,’ उनले भने, ‘महोत्सवमा बाल गायिका कमला घिमिरे र बाल गायक प्रिन्स लम्साललाई राष्ट्रिय बाल प्रतिभा पुरस्कारले सम्मान गरिनेछ । महोत्सवमा घिमिरे र लम्सालको पनि साँगीतिक प्रस्तुति रहनेछ ।’

कार्यक्रम अवधिभर विभिन्न झाँकी, लोक संस्कृति झल्कने कार्यक्रम, फरक जातजातिका नृत्य, चर्चित राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने गुरुङले जनाए । महोत्सव अवलोकन गर्न आउने दर्शकको लागि ५० रुपैयाँको टिकट रहने व्यवस्था गरेको उनले सुनाए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.