www.tandavnews.com
Fact ~ In search of truth

कोरोना भाइरसबाट हङकङमा एकको मृत्यु

काठमाडौं।

कोरोना भाइरसको संक्रमणबाट हङकङमा एकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

हङकङको क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा भाइरस संक्रमित ३९ वर्षीय पुरुषको कोरोना संक्रमणले मुटु फेल हुदाँ उपचारका क्रममा निधन भएको जनाइएको छ ।ज्यान गुमाउने व्यक्तिको परिचय भने खुलाइएको छैन ।

Batas

चीनको हुबेइ प्रान्तको वुहानमा देखिएको कोरोना भाइरस अहिले २२ देशमा फैलिएको छ । यसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार, यो भाइरसका कारण चीनमा अहिलेसम्म ४ सय २५ जनाको ज्यान गइसकेको छ । २० हजार ४ सय ३८ संक्रमित भएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.