www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा दादुरा –रुबेला अभियान सम्बन्धि गोष्ठि

देशका ८०% गाउँपालिका र ५८ जिल्ला पूर्ण खोपयुक्त

सरिता जिसी /विद्यार्थी पत्रकार
ताण्डव न्यूज /पोखरा ।

गण्डकी प्रदेशमा हिजो(सोमबार) देखि दादुरा – रुबेला खोप अभियान सम्बन्धि गोष्ठि सुरु भएको छ ।

‘नेपालबाट दादुरा–रुबेला रोग पूर्ण रुपमा निवारण गरौँ ‘भन्ने नारका साथ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा पाँच दिने प्रदेश स्तरीय अभिमुखीकरण एवं योजना गोष्ठि संचालन भएको हो ।

सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशका सचिव डिल्लीराम शर्माले गोष्ठिको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात् गोष्ठिलाई सम्बोधन गर्दै शर्माले दादुरा–रुवेला रोगलाई निवारण गर्नका निम्ति गण्डकीका ११ वटै जिल्लाले संवेदनशीलतापूर्वक गरेको गोष्ठीको प्रशंसा गरे । उनले यस अभियानलाई तिव्र रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए।

शर्माले स्वास्थ्य क्षेत्रमा सरकारले विनियोजन गरेको र दातृनिकायले दिएको रकमलाई सही सदुपयोग गर्न सबै निर्देशनालयलाई निर्देशन दिए ।कार्यक्रमका सभाध्यक्ष क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले हरेक बालबालिकालाइ खोपको पहुँचमा पुर्याउनका निम्ति अभियान संचालन गरेको बताए ।

स्थानीय स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, जनप्रतिनिधि, विद्यालय आदिबाट जनचेतना जगाउँदै आएको शर्माले बताए । सरुवा रोगहरुको संक्रमण बढ्दै गएको बेला ठूलो समस्यालाई समाधान गर्नका लागि यस प्रदेशमा अस्पतालको खाँचो रहेको पनि उनले उल्लेख गरे ।

स्वास्थ्य सेवा बिभाग, परिवार कल्याण महाशाखा टेकुका निर्देशक डा. भिमसिंह तिंकरीले दादुरा रुबेला खोप अभियान संचालन तथा नियमित खोपसँगै रोटा खोप र सरसफाई प्रर्वद्धन गर्न सकेमा मात्र कार्यक्रमले सफलता पाउने बताए ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका उपाध्यक्ष बिमला भण्डारीले यो अभियानलाई सफल बनाउनका लागि सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइन् ।

सोही अवसरमा बोल्दै एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. झलक शर्मा गौतमले ९ महिना र १५ महिनाका बालबालिकामा गुणस्तरीय दादुरा रुवेला खोपको दुई मात्रा दिएमा यस रोग पुर्ण रुपमा नियन्त्रण र निवारण गर्न सकिने जानकारी दिऐ । हालसम्म यस अभियान अन्र्तगत ८०% गाउँपालिका र ५८ जिल्ला पूर्ण खोपयुक्त घोषणा भैसकेको उनले जानकारी दिए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.