www.tandavnews.com
Fact ~ In search of truth

धनगढी:मिचिएको भूमि फिर्ता ल्याउन संकल्प प्रस्ताव दर्ता

धनगढी ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै हिजो(मंगलबार) संकल्प प्रस्ताव दर्ता गरिएको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सदस्य कर्णबहादुर मल्ल प्रस्तावक, भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेको संकल्प प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

Batas

भारतले नेपालको सुदूरपश्चिम प्रदेशको लिम्पियाधुरा कालापानीलाई आफ्नो नक्सामा समावेश गरेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त संकल्प प्रस्तावमा भूमि फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन संकल्प प्रस्तावलाई पारित गरी केन्द्र सरकार र प्रदेश सरकारले मिचिएको भूमि भारतीय नक्साबाट हटाउन पहल गरोस् भन्ने माग गरिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.