www.tandavnews.com
Fact ~ In search of truth

गलकोटमा व्यावसायिक कागती खेती

बागलुङ ।

बागलुङ जिल्लाको गलकोटका एक युवाले व्यावसायिक कागती खेती शुरु गरेका छन् । गलकोट नगरपालिका–११ रिघाका २९ वर्षीय दानबहादुर श्रीषले व्यावसायिक रुपमा कागती खेती शुरु गरेका हुन्। गाउँमा बाँझो रहेको जमीन खरिद गरेर गत साउनमा एक हजार ५०० कागतीका बिरुवा लगाएको श्रीषले बताए ।

बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी व्यावसायिक कागती खेतीसँगै बाख्रापालन गर्ने सोचका साथ गत वर्ष मात्रै १२० रोपनी जग्गा खरिद गर्नुभएको थियो । ‘प्रारम्भिक सम्भाव्यता अध्ययनपछि मैले ३६ रोपनी जग्गामा गत वर्ष एक हजार ५०० कागतीका बिरुवा लगाएको छु’, श्रीषले भने, ‘खाली र झाडी बन्दै गएको जमीनमा कागती खेतीसहित बाख्रापालन गर्न थालेको छु ।’ कागती खेतीका लागि आवश्यक मल उत्पादन गर्नका लागि बाख्रापालनसमेत थालेको श्रीषले बताउनुभयो । ३० बाख्रा पाल्ने क्षमताको खोर निर्माणमा अहिले क्रियाशील छन् ।

जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिद तथा खोर निर्माणका लागि झण्डै २३ लाख लगानी गरिसकेको श्रीष बताउँछन् । तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषि उद्यम गर्ने सोचमा पुगेर दुई वर्षअघि श्रीष कृषि तथा पशु फार्म दर्ता गरेका छन् ।

गलकोट बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागती खेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेको श्रीषको भनाइ छ । हजुरबाबा भीमबहादुर श्रीषको प्रेरणाले स्वदेशमै केही गर्ने सोच पलाएको युवा कृषक श्रीष बताउँछन्।

Lama collectio News Middle

युवाहरु उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान रहेको उनले बताए । श्रीषको फार्मलाई कृषि ज्ञान केन्द्र पर्र्वतले दुई लाख र गलकोट नगरपालिकाले ५० हजार उपलब्ध गराएको गलकोट नगरपालिका–१० का अध्यक्ष डम्मर श्रीषले जानकारी दिए ।

नगरपालिकामा व्यावसायिकरूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरले कागतीको बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको वडाध्यक्ष श्रीषको भनाइ छ ।

समुद्री सतहबाट एक हजार ३०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण गलकोट नगरपालिकाले गत वर्ष नगरपालिकाभर छ हजार कागतीका बिरुवा अनुदानमा वितरण गरेको गलकोट नगरपालिका कृषि तथा पशु शाखा संयोजक हरिदत्त सुवेदीले जानकारी दिए । गलकोटममा मात्रै अहिले पाँचजनाले व्यावसायिकरूपमा कागती खेती थालेको गलकोट नगरपालिकाले जनाएको छ ।

कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ । कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारलगायत विभिन्न परिकार बनाउन पनि कागती उपयोग गर्ने गरिन्छ । गलकोट क्षेत्रमा कागती उत्पादन भएमा बागलुङमा भारतबाट आयातीत गर्नुपर्ने बाध्यतासमेत अन्त्य हुने कृषकहरु बताउँछन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop