www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा अन्तर्राष्ट्रिय स्तरको पिस रिट्रिट सेन्टर बन्ने

सरिता जिसी /विद्यार्थी पत्रकार
ताण्डव न्यूज /पोखरा ।

पोखरामा अध्यात्मलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको पिस रिट्रिट सेन्टर निर्माण गरिने भएको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, कास्कीको लगानीमा पिस रिट्रिट सेन्टर स्थापना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Batas

पोखरा महानगरपालिका –११ शिवशक्तिमार्ग, फूलबारीमा बन्न लागेको पोखरा पिस रिट्रिट सेन्टर अन्तर्गतको दिव्य शान्ति अनुभूति केन्द्रको यहि माघ २५ गते शनिबारको दिन भवन शिलान्यास समारोहको आयोजना गरिएको जानकारी दिइएको छ ।

भवन शिलन्यासमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महानगर प्रमुख मानबहादुर जिसीको विशेष आतिथ्यता रहने जनाइएको छ । त्यस्तै भारत एवम् नेपालका वरिष्ठ ब्रह्माकुमार, ब्रह्माकुमारी, संस्थाको अन्तर्राष्ट्रिय मुख्यालय, माउण्ट आबुबाट वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी ब्रह्माकुमारी शिलु दिदीजीको गरिमामय उपस्थिती रहने छ । कार्यक्रममा संस्थाका सदस्य लगायत गरि करिब तीन हजार व्यक्ति सहभागी हुने अपेक्षा रहेको छ ।

सनातन संस्कृति अध्यात्म र आधुनिक प्रविधिको त्रिकोणात्मक संगम रहने गरि स्थापना हुन लागेको सो सेन्टर झण्डै साढे ३ रोपनी जग्गामा निर्माण हुने राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले बताए ।उक्त केन्द्रको भवन निर्माण सम्पन्न गर्न २१ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.