www.tandavnews.com
Fact ~ In search of truth

एनआइसी एसियाद्वारा बिमा बापतको रकम हस्तान्तरण

पोखरा ।

निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले मेडिकल इन्स्युरेन्स बापतको रकम हस्तान्तरण गरेको छ ।

बैंकले सञ्चालन गरेको सुपर–चमत्कारिक तलब बचत खाता खोल्ने ग्राहकलाई दिदै आएको बिमा सुविधा बापतको रकम हस्तान्तरण गरेको हो ।नवीन मा.वि. गैह्रापाटनमा कार्यरत निर्मला कोइराला पाठकलाई बैंकका प्रदेश प्रमुख दीपेन्द्र शर्माले आज(बुधबार) एक कार्यक्रमबीच १ लाख ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । मृगौलामा ट्युमरको अपरेसन गरेबापत बिमा दावी गरेकी पाठकले उक्त रकम प्राप्त गरेकी हुन् ।

Batas

बैंकले गत वैशाखबाट सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको थियो । उक्त योजना अन्तर्गत संस्थागत तलब बचत खाता खोल्ने ग्राहकले १ लाख ५० हजार रुपैयाँसम्मको मेडिकल बिमा सेवा प्राप्त गर्दै आइरहेको शर्माले जानकारी दिए ।

बिमा रकम पाउँदा आफूलाई निकै राहत महसुस भएको पाठकले बताइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिरोमणि लामिछानेले बिमा रकम भुक्तानी गरेर बैंकले विश्वसनीयता बढाएको बताए । विद्यालयका सम्पूर्ण कर्मचारीले एनआइसी एसियाको महेन्द्रपुल शाखामा तलब बचत खाता सञ्चालन गरिरहेका छन् ।

बैंकले तीन चमत्कारिक बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । यो सेवा अन्तर्गत ग्राहकलाई दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा असक्त भएका १० लाख रुपैयाँसम्मको बिमा सुविधा र एक लाख रुपैयाँसम्मको मेडिकल बिमा सुविधा प्रदान गर्दै आइरहेको शर्माले जानकारी दिए ।

बैंकले १८ वटा घातकरोग बिमासेवा पनि प्रदान गरिरहेको छ । बैंकले पछिल्लो समय न्यु सुपर चमत्कारिक बचत खाताहरु सञ्चालन गरिरहेको छ । यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकले अझ बढी सुविधा प्राप्त गर्ने शर्माले जानकारी दिए ।

देशभर ३ सय १३ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले गण्डकी प्रदेशमा ३१ वटा शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ । २२ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.