www.tandavnews.com
Fact ~ In search of truth

कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या ५६५ , २८ हजार बढी संक्रमित

काठमाडौं ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ६५ पुगेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार भाइरसका कारण आज(बिहीबार)बिहानसम्म चीनमा मात्रै ५ सय ६३ जनाको ज्यान गइसकेको छ भने फिलिपिन्स र हङकङमा एक/एक जनाको मृत्यु भएको हो

Batas

चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। चीन र अन्य २ दर्जन मुलुकमा गरी कोरोना संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ।

बुधबार मात्रै चीनमा थप ३ हजार ६ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी जनाएका छन्। मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो। एजेन्सी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.