www.tandavnews.com
Fact ~ In search of truth

धरौटीमा छुटे गुरुङ

पोखरा ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङ धरौटीमा छुटेका छन् । गुरुङलाई २ लाख धरौटीमा छाडिएको उच्च अदालत पोखराले जनाएको छ ।

गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेपछि माघ १०मा पक्राउ परेका थिए । पक्राउ परेका गुरुङलाई अनुसन्धान गरि प्रहरीले मंगलबार अदालतमा उपस्थित गराएको थियो । बुधबार भएको बहसपछि गुरुङलाई धरौटीमा छाड्न आदेश दिइएको हो ।

Batas

एन्फा अध्यक्ष गुरुङ तारेखकालागि फागुन १९ गते उपस्थित हुने अदालतले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.