www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबारे राजनीतिकरण भयो :अध्यक्ष दाहाल

प्रतिक्षा बाँस्तोला /विद्यार्थी पत्रकार,
ताण्डव न्यूज/ पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको बारे राजनीतिकरण  भएको बताएका छन् ।

प्रेस संगठन कास्कीले हिजो (बुधबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैँ दाहालले चीनबाट फैलिएको कोरोना भाइरसको बारे अनावश्यक राजनीतिकरण  भएको बताएका हुन् ।
चीनलाई नरुचाउने एकथरी मानिसहरुले राजनीति गरेर मानिसहरुमा भयावह वातावरण सिर्जना गर्ने काम गरेको दाहालले बताए ।

Batas

उनले पश्चिमा शक्तिले अनावश्यक राजनीतिकरण गरि प्रचार गरेको भन्दै चीन सरकारको विदेश मन्त्रालयले यस विषयमा वक्त्व्य नै जारी गरेको जनाए ।दाहाले भने,‘सन् २००८ मा अमेरिकाको एक सहरमा यस्तै केही भाइरस देखा परेपछि विश्वभरि नै चिन्ता जाहेर भयो। त्यसबेला २ लाख ५० हजार मानिसले ज्यान गुमाए । हाल चीनमा ४ सय हाराहारीमा मानिसको मृत्य भएको अवस्थामा पनि गलत ढंगबाट प्रचार गरिदाँ चीनले वक्त्व्य नै जारी गर्नुपरेको छ ।’

कोरोनाको अनावश्यक प्रचारप्रसारले भिजित नेपाल २०२० मा असर परेको भन्दै दाहालले सुरुवातमै दाँतमा ढुंगा लागेको बताए । कोरोना भाइरसको प्रभाव नेपालमा परेता पनि त्रसित हुनुपर्ने अवस्था आइनपरेको भएता पनि सतर्कता भने अपनाउन दाहालले आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.