www.tandavnews.com
Fact ~ In search of truth

अध्यक्ष दाहाल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् ।

खुमलटारमा आज बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिएको उनको निजी सचिवालयले जनाएको छ ।

Batas

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘तपाईँको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु, नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको छ, देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको छ ।’

भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.