www.tandavnews.com
Fact ~ In search of truth

हरिश्चन्द्र वाग्ले क्रियाशिल पत्रकार महिला पुरस्कारको अक्षयकोष स्थापना

लत्ता जोशी/विद्यार्थी पत्रकार

ताण्डव न्यूज/पोखरा ।

क्रियाशिल पत्रकार महिला गण्डकी प्रदेशले सञ्चालन गर्ने गरि हरिश्चन्द्र वाग्ले क्रियाशिल पत्रकार महिला पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ ।स्व.हरिश्चन्द्र वाग्लेको स्मृतिमा उनकी धर्मपत्नी चन्द्रावती अधिकारी वाग्लेले १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेकी हुन् ।

क्रियाशिल पत्रकार महिला गण्डकी प्रदेश समिति र कास्कीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्ने कार्यक्रमका बिच चन्द्रावतीले गण्डकी प्रदेश समितिका अध्यक्ष सरिता पंगेनीलाई अक्षयकोष रकम हस्तान्तरण गरिन् ।

सो अवसरमा बोल्दै चन्द्रावतीले आगामी दिनमा कार्यक्रमको प्रभावकारीताको आधारमा अक्षयकोष रकममा बृद्धि गर्नै समेत प्रतिबद्धता जनाईन् । हरेक क्षेत्रमा महिलाहरुले भोगेका कठिनाईका बाबजुद दिएको योगदानलाई हौसला प्रदान गर्न उक्त पुरस्कारले थप टेवा पुग्ने विश्वास व्यक्त गरेकी थिईन् ।

त्यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले क्रियाशिल पत्रकार महिलाहरुलाई आफ्नो साथ रहने बताईन् । मन्त्री पुनले महिलाहरु स्वयम् सक्षम हुनुपर्ने धारणा राखिन । ‘हामीहरुले आँखा तरेर मात्रै हुदैँन, उनले भनिन् ‘हाम्रो क्षमताको विकास र अर्थपूर्ण सहभागिता पनि उत्तिकै जरुरी छ ।’

स्थापना गरिएको सो पुरस्कार हरेक वर्षको मंसिर १७ गते स्व. हरिश्चन्द्र्र वाग्लेको जन्मजयन्तीको दिनमा १ क्रियाशिल महिला पत्रकारलाई प्रदान गरिने क्रियाशिल पत्रकार महिला गण्डकी प्रदेश समितिले जनाएको छ ।

सो कार्यक्रममा पत्रकार महासँघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, सञ्चारिका समुह गण्डकीका अध्यक्ष स्मीता अधिकारी, पत्रकार महासँघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिक्देल, सोनी शर्मा, अग्रज पत्रकार श्याम कुँवर, बसन्त चालीसे लगायतले बोलेका थिए ।

क्रियाशिल पत्रकार महिला गण्डकीका अध्यक्ष सरिता पंगेनीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन रविना आलेले गरेकी थिईन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.